‘टाटा ट्रस्ट’को कमान्ड सौतेनी भाइ नोएल टाटालाई

मुम्बई । रतन टाटाको मृत्युपछि समूहको सबैभन्दा ठुलो सरोकारवाला ‘टाटा ट्रस्ट’को कमान्ड सौतेनी भाइ नोएल टाटालाई सुम्पिएको छ । शुक्रबार मुम्बईमा भएको बैठकमा नोएलको नाममा सहमति भएको हो ।
आफ्नो पारिवारिक सम्बन्ध र समूहका धेरै कम्पनीहरूमा संलग्नताका कारण नोएल टाटा टाटा विरासतलाई अगाडि बढाउने बलियो दाबेदार थिए। नोएल टाटा पहिले नै सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टको ट्रस्टी छन् ।
हाल, एन चन्द्रशेखरन समूहको सबैभन्दा ठुलो कम्पनी टाटा सन्सका अध्यक्ष हुन् । तर यसभन्दा माथि टाटा ट्रस्ट रहेको छ जसको नेतृत्व टाटा परिवारका सदस्यहरूले गरेका छन्। आफ्नो मृत्युसम्म रतन टाटा ट्रस्टका प्रमुख थिए।
६७ वर्षीय नोएल टाटा नवल टाटाको दोस्रो पत्नीबाट छोरा हुन्। नोएल एक आइरिस नागरिक हुन्। नोएलले आलु मेसनसँग विवाह गरेको छ। आलु टाटा सन्सको सबैभन्दा ठुलो शेयरधारक पल्लोनजी मिस्त्रीकी छोरी हुन्।
यो टाटा समूहको परोपकारी संस्थाहरूको समूह हो। १३ लाख करोड रुपैयाँ राजस्वसहित टाटा समूहमा यसको ६६ प्रतिशत हिस्सेदारी छ।
टाटा ट्रस्टहरूमा सर रतन टाटा ट्रस्ट र एलाइड ट्रस्ट र सर दोराबजी टाटा ट्रस्ट र एलाइड ट्रस्ट समावेश छन्। गरिबी निवारण, स्वास्थ्य सेवा र शिक्षामा केन्द्रित यी ट्रस्टहरू रतन टाटाको विरासतका अभिन्न अंग हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर