शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा शक्तिपीठको दर्शन

शुक्रबार, २५ असोज २०८१, १५ : ४५
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् । शुक्रवार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् । 

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । वडा दसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । 

काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो । 

त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी मनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप