बाराक ओबामाले कमला ह्यारिसका लागि मागे भोट

वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसका लागि मत मागेका छन् । पेन्सिलभेनियामा ओबामाले मतदाताहरूलाई ह्यारिसका लागि भोट मागेका हुन् ।
‘बाहिर निस्कनुहोस् अनि कमला ह्यारिसलाई भोट गर्नुहोस् ।’ जनतालाई अनुरोध गर्दै ओबामाले भनेका थिए । ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसबिच कडा प्रतिस्पर्धा हुने पनि बताएका थिए ।
आफ्नो सम्बोधनका क्रममा ओबामाले जनतालाई उनको नीतिका लागि मात्र नभई मूल्यमान्यता र सिद्धान्तका लागि पनि ह्यारिसलाई मतदान गर्न आग्रह गरेका थिए । फोन राखेर आफ्ना साथीभाइ र परिवारसँग भोट हाल्न जान भनेर पनि उनले भनेका थिए ।
कमला ह्यारिसको समर्थनसँगै बाराक ओबामाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना गरेका छन् । उनले अर्थतन्त्र र गर्भपतनलगायत धेरै विषयमा ट्रम्पमाथि हमला गरे । यसबाहेक उनले सेप्टेम्बर १० मा भएको राष्ट्रपतीय बहसलाई लिएर पनि ट्रम्पको आलोचना गरेका थिए । उनले स्वास्थ्य सेवाका सम्बन्धमा ट्रम्पसँग कुनै ठोस योजना नभएको र ह्यारिससँग अमेरिकाको लागि ‘ठोस’ योजनाहरू भएकोमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने
-
खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले पठाए अदालतमा लिखित जवाफ
-
प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय, यी अध्यादेश निर्णयार्थ पेस हुँदै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै