शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु

शुक्रबार, २५ असोज २०८१, १५ : ०९
शुक्रबार, २५ असोज २०८१

फ्लोरिडा । अमेरिकी अधिकारीहरूले मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आगामी दिनमा मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सम्भावना पनि अधिकारीहरूले व्यक्त गरेका छन् । फ्लोरिडाको कानुन प्रवर्तनले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्युजलाई मृत्युको सङ्ख्या पुष्टि गरेको हो ।

फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ । अपार्टमेन्टमा करिब २००० मानिस बस्थे । बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी आएको थियो । त्यसपछि धेरै क्षेत्र डुबानमा परे । यसबाहेक ३० लाखभन्दा बढी घरमा बिजुली कटौती भएको  छ । फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानी छैन । मिल्टन आँधीले गरेको विनाशपछि अधिकारीहरूले पानी आपूर्ति बन्द गर्नुपरेको थियो ।

आँधी थप घातक साबित हुन सक्ने र तीव्र हुरीले अचानक बाढी निम्त्याउन सक्ने चेतावनी अधिकारीहरूले दिइरहेका छन् । अमेरिकाको राष्ट्रिय आँधी केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप