शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

‘दसैँले एकताको भावना जागृत गर्न मद्दत गरेको छ’

शुक्रबार, २५ असोज २०८१, १४ : १२
शुक्रबार, २५ असोज २०८१

 काठमाडौँ । सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

“दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबिच एकताको भावना जागृत गर्न मद्दत गरेको छ । दसैँको पूर्वसन्ध्यामा मनसुनी प्रभावका कारण देशभर बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको तथा ठुलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था भएकोले सुरक्षित र सावधानीपूर्वक यात्रा गरी दसैँ मनाउन अनुरोध गर्दछु”, उनले सन्देशमा भनेका छन् । 

‘असत्यमाथि सत्यको विजय’ दसैँको सबैभन्दा ठुलो सन्देश भएको बताउँदै उनले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबिचको सम्बन्धलाई बलियो बनाउन यसले उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सन्देशमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप