राजेन्द्र महतोले नाचे देउडा

काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालसम्बद्ध सेती कर्णाली काठमाडौँ सम्पर्क समितिले थानकोटस्थित त्रिभुवन पार्कमा बडा दसैँको शुभकामना आदानप्रदानसँगै देउडा नाचको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले देउडा नाच नाचेका थिए । उनी भन्छन्, ‘देउडा नाच सुनेको थिएँ, तर पहिलो पटक देउडा नाचमा रमाएँ र नाचेँ पनि ।’
उनले आफ्नो आफ्नो जीवनमा पहिलोपटक नाचेको र त्यो पनि देउडा नाच नाचेको पनि जिकिर गरे। देउडा नाच साँच्चै रमाइलो र मौलिक रहेको बताउँदै अध्यक्ष महतोले नेपाल विविधतायुक्त देश भएको र यही विविधता नै नेपालको विशेषता रहेको बताए ।
यस्तै विशेषताको आधारमा नेपालको शासन सत्ता चल्नुपर्ने उल्लेख गर्दै उनले नेपाल अझै सबै नेपालीको बन्न नसकेको र आफूले सबैको नेपाल बनाउने अभियानमा लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते