शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप खेलिरहँदा पिताको निधनको समाचार

घर फर्किइन् पाकिस्तानी टोलीकी कप्तान
शुक्रबार, २५ असोज २०८१, १३ : २८
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको नवौँ संस्करण अहिले संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी छ । सहभागी टोलीहरू अहिले समूहगत चरणको खेलमा व्यस्त छन् । समूहगत चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।

अहिले पाकिस्तानी टोली पनि सेमिफाइनलमा पुग्न सङ्घर्ष गरिरहेको छ । तर, विश्वकप चलिरहँदा पाकिस्तानी टोलीका लागि एउटा दुःखद खबर आएको छ । पाकिस्तानी टोलीकी कप्तान फातिमा सानाको पिताको निधन भएको छ ।

पिताको निधनको खबर प्राप्त भएपछि पाकिस्तानी टोलीकी कप्तान फातिमा साना यूएईबाट घर फर्किएकी छन् । उनी पाकिस्तानको कराँचीमा बस्छिन् । जारी विश्वकपमा पाकिस्तानले आफ्नो अर्को खेल शुक्रबार ६ पटकको च्याम्पियन अस्ट्रेलियासँग खेल्दैछ ।

Sana 1

२३औँ वर्ष प्रवेशको सँघारमा रहेकी फातिमा सानाले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । उनी टोलीकी अलराउन्डर खेलाडी हुन् ।

त्यसैले आफ्नो प्रभावशाली खेलाडीको अनुपस्थितिले पाकिस्तानलाई ठुले झट्का लागेको छ । फातिमा सानाको अनुपस्थितिमा अब पाकिस्तानी टोलीको कप्तानको भूमिका उपकप्तान मुनिबा अलीले निर्वाह गर्ने बताइएको छ ।

समाचारमा जनाइए अनुसार, स्ट्रोकका फातिमा सानाको पिताको निधन भएको हो । पाकिस्तानी क्रिकेट बोर्डका पदाधिकारी र विश्वकपमा सहभागी पाकिस्तानी खेलाडीहरूले फातिमा सानाको पिताको निधनबाट आफूहरू स्तब्ध: भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप