देशभरका सडकमार्ग : कुन खुल्ला‚ कता अवरोध ?
_ZO0NwF02Vw.jpg)
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय कार्यालय सार्वजनिक गरेको सूचना अनुसार हालसम्म काभ्रेको रोशी गाउँपालिकाको भ्याकुर खोला पुल पूर्ण रूपमा अवरोध रहेको छ । बीपी राजमार्गमा अवस्थित यो पुल केही समय अघिको बाढी पहिरोले क्षति पुर्याएको हो ।
केन्द्रीय प्रहरी कार्यालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका २ स्थित लिपिङ पुल पनि पूर्ण अवरोध छ । यस्तै रामेछाप जिल्लामा पर्ने मन्थली नगरपालिका ६ स्थित सुनकोशी पुल र जिल्लाकै खाँडा देवी गाउँपालिका १ मा पर्ने खाँडाचक्र स्थित खाँडा चक्र पुल पनि पूर्ण रूपमा अवरोध रहेको छ ।
- यी हुन् एक तर्फी खुलाइएको बाटो
प्रहरीले सार्वजनिक गरेको बिहान १० बजे सम्मको अपडेट अनुसार रोशी गा.पा.८ चारसयवेशीमा बीपी राजमार्ग एकतर्फी सुरु भएको छ । यस्तै रोशी गा.पा. ११ कालढुङ्गा‚ रोशी गा.पा.०७ घुमाउने एकतर्फी सुचारु आएको हो । यस्तै काभ्रेकै पाँचखाल न.पा. ५ हनुमान गढ केराघारी, अरनिको राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण