शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
एमालेको पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास, तस्बिरहरू
फोटोफिचर

एमालेको पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास, तस्बिरहरू

शुक्रबार, २५ असोज २०८१

 काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् ।  शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो ।

uml new building (1)

काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बन्ने छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको हो । 

uml new building (2)

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको थियो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका –१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए । तर अब भने स्थायी भवन निर्माणको तयारीमा रहेको उनले बताए ।

uml new building (3)

२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो। त्यहाँ पनि बाढी र डुबानले दुःख दिएपछि नयाँ विकल्प खोजिएको हो ।

uml new building (19)

एमालेका आठ लाख बढी पार्टी सदस्यहरू छन् । भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खोलिएको थियो । प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँका दरले रकम पनि उठाइएको थियो।

uml new building (18)

गत वैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो।

uml new building (4)

uml new building (5)uml new building (6)uml new building (7)uml new building (8)uml new building (9)uml new building (10)uml new building (11)uml new building (12)uml new building (13)uml new building (14)uml new building (15)uml new building (16)uml new building (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया