शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

शुक्रबार, २५ असोज २०८१, १२ : १८
शुक्रबार, २५ असोज २०८१

धनुषाधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।  मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा  बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ । 

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप