पारिवारिक शोकमा रहेका सभामुख घिमिरेले त्रयोदशीका दिन टीका लगाउने
शुक्रबार, २५ असोज २०८१, १२ : ०९

काठमाडौँ । सभामुख देवराज घिमिरेले दसैँको टीका त्रयोदशीका दिन मात्रै लगाउने भएका छन् । घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार पारिवारिक शोकका कारण सभामुख देवराज घिमिरेले उक्त दिन टीका ग्रहण गर्ने भएका हुन् ।
‘उहाँले ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते टीका लगाउनुहुनेछ । उहाँले काठमाडौँमा नै दसैँ मनाउने तय भएको छ‚’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने ।
अधिकारीका अनुसार सभामुख घिमिरेले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका हुन् । उनले संघीय संसद् सचिवालयले बर्सेनि आयोजना गर्दै आएको दसैँको शुभकामना आदान प्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेको अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित