राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
शुक्रबार, २५ असोज २०८१, १२ : ०७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित यस वर्षको बडा दसैँका अवसरमा शुक्रबार नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले नवकन्याहरूको पूजा गरेका हुन् ।
बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको (९ कन्या) पूजाअर्चना गर्ने परम्परा छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइ उपहारसमेत प्रदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति