पाकिस्तानको बलुचिस्तानमा अज्ञात आक्रमणकारीद्वारा २० जना मजदुरको हत्या
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको दुक्की जिल्लामा अज्ञात आक्रमणकारीले २० जनाको हत्या गरेको छ । खानीमा काम गरिरहेका मजदुरमाथि अज्ञात आक्रमणकारीले आक्रमण गर्दा अरू सात जना मजदुर घाइते भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार बिहीबार राति दुक्की प्रहरी चौकी क्षेत्रमा यो हमला गरिएको हो ।
खानीमा कार्यरत मजदुरमाथि गोली प्रहारको घटना डक्की शहरबाट करिब आठ किलोमिटर टाढा रहेको खैर मोहम्मद नासिर क्षेत्रमा भएको हो । ‘हिजो राति अज्ञात बन्दुकधारीहरूको समूह उक्त क्षेत्रमा प्रवेश गरी कोइला खानी नजिक कामदारहरूलाई निशाना बनाउन थाले,’ एसएचओ हुमायुन नसिर खानले भने ।
मृत्यु हुनेमा चार जना अफगानिस्तानका कामदार रहेको एसएचओ खानले जानकारी दिएका छन् । अन्य चाहिँ बलुचिस्तानको झोब, किला सैफुल्लाह, पशिन, मुसा खेल र कुचलकका बासिन्दा थिए ।
खानी मजदुरमाथि भएको आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यद्यपी यसअघि पनि बलोच लिबरेसन आर्मी (बीएलए)ले यस्ता आक्रमणको जिम्मेवारी लिँदै आएको छ ।
यस आक्रमणको विरोधमा दुक्कीको मुख्य चोकमा विरोध प्रदर्शन गर्ने स्थानीय पत्रकार अब्दुल हाकिम नासिरले बताएका छन् । घटनाको विरोधमा क्षेत्रका बजार बन्द रहने उनले बताए । यस वर्ष बुलिस्तानमा ठूलो मात्रामा कामदारलाई निशाना बनाइएको छ । निशाना बनाइएका अधिकांश कामदार पाकिस्तानको पञ्जाबका बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोले नाचे देउडा
-
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
-
व्यवसायी मीनबहादुर गुरुङले दान गरेको जग्गामा एमालेको कार्यालय
-
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
-
काभा यू–२० च्याम्पियनसिप : नेपालले आज कोलम्बोमा तुर्कमेनिस्तानसँग लिग चरणको अन्तिम खेल खेल्दै
-
विश्वकप खेलिरहँदा पिताको निधनको समाचार