शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पहिरो

बीपी राजमार्ग सञ्चालनमा सुख्खा पहिरोको अवरोध

शुक्रबार, २५ असोज २०८१, ११ : १४
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोका कारण सवारीसाधन चल्न अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । सडक सञ्चालनमा ल्याउने तयारी गरिए पनि सुख्खा पहिरो खसेका कारण सञ्चालनमा आउन नसकेको हो । 

प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ नार्के देखि रोशी गाउँपालिका ११ मंगलटारसम्मको सडकखण्डमा भने सवारी साधन आज पनि चल्न सकेका छैनन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्ग पिप्लेमा सुख्खा पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ । उक्त पहिरोमा खोटाङ चल्ने ना १ ज ६११७ नम्बरको सुमो पुरिएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक वसुन्धरा खड्का अनुसार सुख्खा पहिरोका कारण तत्काल बीपी राजमार्ग सञ्चालनमा आउने सम्भावना छैन ।  

‘बिहान सुख्खा पहिरो आएर सवारी दुर्घटना पनि भयो । सुख्खा पहिरो खुलाउने प्रयास पनि सफल हुन सकेको छैन । अहिले तत्कालका लागि बीपी राजमार्ग अवरुद्ध छ‚’ उनले भनिन्‚ ‘बाटो खुलाउन अलि समय लाग्ने देखियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप