शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
‘स्याउ बेचेरै किसानहरू समृद्ध बन्न सक्छन्’
अन्तर्वार्ता

‘स्याउ बेचेरै किसानहरू समृद्ध बन्न सक्छन्’

जुम्लाको स्याउले नेपालमै बजार पाउनुपर्छ : सांसद शाही
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । सांसद ज्ञानेन्द्र शाही आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चामा आइरहन्छन् । सडक र सदनमा सधैँ आफ्ना विचार प्रखर रूपमा राख्न उनी माहिर छन् । कसैसँग नडराई प्रस्ट कुरा राख्ने बानीकै कारण उनले आफ्नो लोकप्रियता बटुलेका छन् । 

gyanendra shahi (1)

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकसमेत रहेका सांसद शाही यति बेला जुम्लाको स्याउको प्रचारप्रसार लागि परेका छन् । जुम्लामा प्रशस्त स्याउ फल्छ । विदेशबाट नेपालमा बर्सेनि ७ अर्ब रुपैयाँ बढीको स्याउ आयात गरिएको उनलाई मन परेको छैन । 

jumla apple (1)

बरु नेपालमा स्याउ बढी फल्ने जुम्ला, मुगु, बाजुरा, मुस्ताङको स्याउलाई स्वदेशमै बजार पाउनुपर्ने कुरा जोडदार रूपमा उठाइरहेका छन् । स्याउ बिक्री गर्न किसानहरूलाई सहुलियत र सुविधा प्रदान गर्न उनी हरदम तम्तयार छन् । स्याउ बेचेरै किसानहरू समृद्ध बन्न सक्छन् भन्ने कुरा उनी प्रमाणित गरेर देखाउन चाहन्छन् । 

जुम्लाको स्याउ लगायत ओखर, आलु, मार्सी धान, चोतो जस्ता स्थानीय उत्पादनहरूको सम्भावना र बजार खोज्न उनी लागि परेका छन् । शाहीसँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया