शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

शुक्रबार, २५ असोज २०८१, ०९ : ४६
शुक्रबार, २५ असोज २०८१

झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । 

बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए । 

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । मे८प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय सञ्जीव गिरीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ । उहाँको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप