शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

ब्राजिलको जित, अर्जेन्टिना रोकियो

शुक्रबार, २५ असोज २०८१, ०८ : ०१
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप फुटबल छनोटमा ब्राजिलले चिलीलाई हराउँदा अर्जेन्टिना भने भेनेजुएलासँग बराबरी खेल्न बाध्य भएको छ ।

ब्राजिल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । एडुआर्डो भारगासले गोल गर्दै चिलीलाई अग्रता दिलाए । तर, पहिलो हाफको अन्त्यमा इगोर जिसुसले खेल बराबरी गरे ।

खेल बराबरीतर्फ अग्रसर भइरहँदा लुइस हेनरिकले ८९ औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । जितपछि ब्राजिल छैटौँ स्थानबाट चौथो स्थानमा उक्लिएको छ । ९ खेलबाट टोलीको १३ अङ्क छ ।

GOAL - Blank WEB - Facebook - 2024-10-10T184329.561.png

उता, अर्जेन्टिना भने भेनेजुएलासँग १–१ को बराबरीमा रोकियो । खेलको १३ औँ मिनेटमा निकोलस ओटामेन्डीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । 

तर, ६५ औँ मिनेटमा भेटरान स्ट्राइकर सालोमोन रोनडोनले भेनेजुएलाका लागि बराबरी गोल फर्काए । बराबरीका बाबजुद अर्जेन्टिना अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट टोलीको १९ अङ्क छ । भेनेजुएला भने ११ अंकसहित सातौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप