शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित इटालीसँग बेल्जियमको बराबरी

शुक्रबार, २५ असोज २०८१, ०७ : ३३
शुक्रबार, २५ असोज २०८१

ओलम्पिको । यूईएफए नेसन्स लिगमा इटाली र बेल्जियमले बिहीबार रोमाञ्चक बराबरी खेलेका छन् । १० खेलाडीमा सीमित भएपछि इटाली बेल्जियमसँग २–२ गोलको बराबरी खेल्न बाध्य भएको हो ।

खेल सुरु भएको ५९ सेकेन्डमा आन्द्रेया क्याम्बियासोले इटालीलाई अग्रता दिलाएका थिए । २४ औँ मिनेटमा माटेयो रेटेगुईले टोलीको अग्रता दोब्बर बनाए । तर, ४० औँ मिनेटमा लोरेन्जो पेलेग्रिनीले रातो कार्ड खाँदै मैदान छाड्न परेपछि खेल बदलियो ।

त्यसको केही मिनेटपछि नै म्याक्सिम डे कुयपरले बेल्जियमका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको ६१ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले बेल्जियमका लागि बराबरी गोल फर्काए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप