शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा टाटा मोटर्सको ७५१ गाडी डेलिभरी

शुक्रबार, २५ असोज २०८१, ०७ : ३०
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । दसैँमा टाटाको पन्च इभि, टियागो इभि, टिगोर इभि, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ ।  

यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च इभिको यो दसैँमा ३७७ युनिट डेलिभरी भएको हो  । सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्च इभिमा कम्पनिले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । 

 सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभिले नेपालमा राम्रो बजार लिइरहेको छ ।     

टाटाको पन्च इभिको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभि बजेट सेग्मेंटको सर्वाधिक बिक्रि भएको मोडल हो ।  यो दसैँमा पनि टियागो इभिको १५६ युनिट डेलिभरी भएको कम्पनिले जनाएको छ ।  विशेषगरि महिलाहरु र पहिलो गाडी लिन खोज्नु भएको ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको टियागो इभिको पनि यो दसैँमा उत्साहजनक रुपमा डेलिभरी भएको छ । साथै टाटाको टिगोर इभिको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनिले जनाएको छ ।  

यो दसैँमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टिको १५६ डेलिभरी भए संगै सिप्रदीले यो दसैँमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ । 

यसको साथै दसैँको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ । 

साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुला हुने कम्पनीको भनाइ छ । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । बाटोमा रोडसाइड  सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप