शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको राशिफल

शुक्रबार, २५ असोज २०८१, ०७ : १५
शुक्रबार, २५ असोज २०८१

वि.सं. २०८१ साल असोज २५ गते । शुक्रबार । ईश्वी सन् २०२४ अक्टोबर ११ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी, १ घडी ५९ पला, बिहान ६ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र– उत्तराषाढा, ४८ घडी ५७ पला, रातको १ बजेर ३७ मिनेट उप्रान्त श्रवण । योग–सुकर्मा, ४५ घडी २७ पला, रातको १२ बजेर १३ मिनेट उप्रान्त धृति ।

 करण–बव, बिहान ६ बजेर ४९ मिनेट उप्रान्त बालव, बेलुकी ६ बजेर २१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–धनु , बिहान ७ बजेर ५३ मिनेट उप्रान्त मकर । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २८ घडी ५८ पला । नवपत्रिका प्रवेश (फूलपाती)।

आजको बार बेला ।  

  • बिहान ०६ बजेर ०२ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर ०३ मिनेटदेखि बिहान ७ बजेर २९ मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर ३० मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म अमृत बेला ।
  • बिहान ०८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म शुभ बेला ।
  • बिहान ११ बजेर ५१ मिनेटदेखि दिउसो १ बजेर १६ मिनेटसम्म रोग बेला ।
  • दिउसो १ बजेर १७ मिनेटदेखि दिउसो २ बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
  • दिउसो २ बजेर ४४ मिनेटदेखि बेलुकी ४ बजेर १० मिनेटसम्म चर बेला ।
  • बेलुकी ४ बजेर १२ मिनेटदेखि बेलुकी ७ बजेर १० मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर २२ मिनेटदेखि बिहान ११ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर २६ मिनेटदेखि बिहान ५ बजेर १४ मिनेटसम्म ब्रह्म  मुहूर्त रहनेछ ।

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खाद्यान्न, तरल पदार्थ तथा पहिरनको व्यापारबाट प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धि मूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ ।  खानपान तथा घुमफिरमा समय व्यतीत हुनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी दिन उत्तम रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरू भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ । तर पनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । अध्ययन अध्यापनमा समय खर्चिनेहरूले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन् । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । पुराना ऋण, रोग, तथा शत्रुबाट छुटकारा पाइनेछ । खानपान, किनमेल तथा घुमफिरमा समय व्यतीत हुनेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ । छोटो दूरीको यात्राको तय हुने तथा आफन्तसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ ।
  •  तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रसन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । खानपान तथा भेटघाटमा समय व्यतीत हुनेछ ।
  •  वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । छोटो दूरीको रमाइलो यात्राको तय हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामान्य काममा अल्झने समय रहेको छ । अरूकै काम गर्दा आफ्नो काम थाती रहनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । तर पनि पहिरन, तरल पदार्थ, खाद्यान्न तथा पूजा सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि भएर जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकाङ्क्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप