शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमाथि फ्रान्सको गोल वर्षा

शुक्रबार, २५ असोज २०८१, ०७ : ०९
शुक्रबार, २५ असोज २०८१

हंगेरी । यूईएफए नेसन्स लिगमा फ्रान्सले इजरायलमाथि सहज जित हात पारेको छ । इजरायल–गाजा युद्धका कारण हंगेरीमा खेलिएको खेलमा फ्रान्स ४–१ गोलले विजयी बन्यो ।

खेलको छैटौँ मिनेटमा नै एडुवार्डो कामाभिंगाले फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, २४ औँ मिनेटमा ओमरी गान्डेलमानले इजरायलका लागि बराबरी गोल फर्काए । चार मिनेटपछि नै क्रिस्टोफर एनकुंकुले पुनः फ्रान्सलाई अग्रता दिलाए ।

८७ औँ मिनेटमा माटेयो गुइनडोजीले फ्रान्सका लागि तेस्रो गोल गरे । दुई मिनेटपछि ब्राडली बाकोलाले चौथो गोल थपे । घाइते भएका कारण किलियान एम्बाप्पे भने टोलीमा समावेश थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप