शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा स्तब्ध भयो इंग्ल्याण्ड

शुक्रबार, २५ असोज २०८१, ०७ : ०३
शुक्रबार, २५ असोज २०८१

वेम्ब्ले । इंग्ल्याण्ड यूईएफए नेसन्स लिगमा ग्रिससँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोली घरेलु मैदानमा १–२ गोलले स्तब्ध बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमा भानगेलिस पाभलिडिसले ग्रिसलाई खेलमा अग्रता दिलाएका थिए । ८७ औँ मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएका थिए ।

तर, पाभलिडिसले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै ग्रिसलाई अप्रत्याशित जित दिलाए । ग्रिसले कूल ५ गोल गरेको थियो । तर, त्यसमध्ये तीनवटा अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

 खेलमा अन्तरिम म्यानेजर ली कार्सलेको नयाँ रणनीति असफल देखियो । गेराथ साउथगेटबाट टोलीको नेतृत्वमा सम्हाले यता उनको शत प्रतिशत रेकर्डमा पूर्ण विराम लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप