हालान्डले तोडे ९० वर्ष पुरानो कीर्तिमान

ओस्लो । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्ड मात्र २४ वर्षको उमेरमा नर्वेका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । नेसन्स लिगमा स्लोभेनियालाई हराउने क्रममा दुई गोल गर्दै हालान्डले सो कीर्तिमान बनेका हुन् ।
खेलको सातौँ मिनेटमा गोल गर्दै १९२० र ३० औँ दशकमा खेलेका योर्गन युभेको ३३ गोलको कीर्तिमान बराबरी गरेका हालान्डले ६२ औँ मिनेटमा अर्को गोल थप्दै नयाँ कीर्तिमान बनाउन सफल भए ।
नर्वेका लागि सन् २०१९ मा डेब्यू गरेका हालान्डलाई यो कीर्तिमान भंग गर्न मात्र ३६ खेल लाग्यो । युभेले सुरुवाती २७ खेलमा सो कीर्तिमान बनाएका थिए । पछि उनी सेन्टर ब्याक भएर खेलेका थिए । ४५ खेल खेलेका उनले त्यसपछि थप गोल गर्न सकेनन् । फुटबलबाट सन्न्यास लिएपछि उनी पत्रकार बनेका थिए ।
९० वर्षपछि बल्ल उनको कीर्तिमान कसैले तोड्न सफल भएको छ । नर्वेको जितमा अर्को गोल एलेक्सान्डर सोरलोथले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध