मौसम पूर्वानुमान
केही भूभागमा मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना
शुक्रबार, २५ असोज २०८१, ०५ : ००

काठमाडौँ । कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
शुक्रबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
-
मादी नदी लिफ्ट खानेपानी योजना अधुरै