बंगलादेशमाथि वेस्ट इन्डिजको शानदार जित
![बंगलादेशमाथि वेस्ट इन्डिजको शानदार जित](https://npcdn.ratopati.com/media/news/ban-wi_4T4zq3cXb4.webp)
शारजाह । आईसीसी महिला टी–२० विश्वकपमा वेस्ट इन्डिजले बंगलादेशमाथि शानदार जित हासिल गरेको छ । बिहीबार भएको समूह बी अन्तरगतको खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी बनेको हो ।
बंगलादेशले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र २ विकेटको क्षतिमा १२.५ ओभरमा पछ्यायो । वेस्ट इन्डिजका लागि कप्तान हेली म्याथ्युजले मात्र २२ बलमा सर्वाधिक ३४ रन जोडिन् । उनले ६ चौका प्रहार गरिन् ।
स्टेफानी टेलरले २७ रनको योगदान दिइन् । त्यस्तै, सिमेइन क्याम्पबेलले २१ रन तथा डिन्ड्रा डोटिनले १९ रन बनाइन् । श्रीलंकाका लागि नाहिदा अक्तेर र मारुफा अक्तेरले १–१ विकेट लिइन् ।
यसअघि, करिश्मा रामहाराकले घातक बलिङ गरेपछि बंगलादेश २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३ रनमा सीमित बनेको थियो । करिश्माले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिइन् ।
बंगलादेशका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३९ रनको योगदान दिइन् । दिलारा अक्तेरले १९ रन, शोभाना मोस्तारीले १६ रन तथा रितु मोनीले १० रन बनाइन् । अन्यले दोहोरो अंक छुन सकेनन् ।
वेस्ट इन्डिजका लागि एफी फ्लेचरले २ तथा हेली म्याथ्युजले १ विकेट हात पारिन् । जितपछि राम्रो नेट रनरेटका आधारमा वेस्ट इन्डिज समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट टोलीको ४ अंक छ । बंगलादेश भने समान खेलबाट २ अंकमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग