अति प्रशंसा र विवादबिच घेरिएको रतन टाटा र टाटा समूहको इतिवृतान्त
काठमाडौँ । अनाथ आश्रमबाट झिकेर ल्याइएको तथा धनी व्यापारी परिवारको पालन पोषणमा हुर्केको एक जना आजीवन अविवाहित मानिसको आफ्नो ८६ वर्षको उमेरमा निधन भयो । संसारभरका सञ्चारमाध्यमहरूमा खबरहरू आउन थाले ।
मूल सडकलाई ढाकेर उसको पार्थिव शरीर दिनभर सडकको बिचमा राखियो ताकि आगन्तुकहरू आएर अन्तिम श्रद्धाञ्जली दिन सकुन् । यसैबिच एउटा कुकुरलाई पनि बहुत सतर्कता साथ त्यहाँ ल्याइयो । कुकुरलाई आफ्नो मालिकको अन्तिम बिदाइका लागि ल्याइएको थियो । समग्र भारतभर कुकुरको आगमन समाचार बन्यो ।
महाराष्ट्र सरकारले राजकीय सम्मानसाथ अन्त्येष्टिको घोषणा मात्र गरेन भारतको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरियो । अक्टोबर १० को दिन राज्य शोकको घोषणा गरियो । भारतका सबैजसो नेताले श्रद्धाञ्जलीका शब्दहरू लेखे ।
भारतका लागि अमेरिकी राजदूतले त आफ्नो क्याम्पस जीवनसँग सम्बन्धित प्रसङ्ग जोडेर थप श्रद्धा व्यक्त गरे । सिङ्गापुरका विदेशमन्त्रीले भावुक शब्दमा श्रद्धाञ्जली अर्पण गरे । आजको भारतका प्रभावशाली नेता तथा केन्द्रीय सरकारका गृहमन्त्री आफै अन्तिम संस्कारमा मलामीका रूपमा उपस्थित भए ।
सिङ्गो भारत र भारतसँग आर्थिक–राजनीतिक सम्बन्धमा जोडिएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्ने ती व्यक्ति सर्वसाधारण नभएर १५६ वर्ष पुरानो व्यापारिक घराना टाटा समूहका पूर्व आधिकारिक प्रमुख र ज्येष्ठ अगुवा रतन नाभाल टाटा थिए । उनको ८६ वर्षको उमेरमा मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा निधन भयो ।
टाटा समूह सामान्य क्षेत्रीय वा भारतको मात्रै व्यापारिक समूह नभएर संसारका एक सय भन्दा धेरै देशमा आफ्नो व्यवसाय विस्तार गरेको विशाल समूह हो । यसका उत्पादनको दबदबाबारे बुझ्न हामी धेरै टाढा पुग्नु पर्दैन । नेपालका पहाडमा गुड्ने मोटरदेखि हरेकका हातमा हुने इलेक्ट्रोनिक्स सामान हुँदै सुनदेखि नुनसम्म टाटाको उपस्थिति र वर्चस्व छ ।
यस्तो समूहका प्रमुखको अन्त्येष्टिमा आएको कुकुर सामान्य कुकुर नभएर उनै रतन टाटाले गोवा जाँदा आफूसँगै हिँडेको देखेपछि सप्रेम पाल्न थालेको ‘गोवा’ नामकै कुकुर हो । जसरी टाटा अनाथालयबाट ल्याइएका थिए त्यसैगरी ‘गोवा’ लाई पनि गोवाको गल्लीबाट ल्याइएको थियो ।
’गोवा’ र उसका अन्य साथी कुकुर मुम्बईको आलिशान महल ‘बम्बे हाउस’ मा बस्छन्, जुन टाटा समूहको केन्द्रीय कार्यालय हो । ‘गोवा’ र उसका साथीहरूप्रति रतन टाटाको प्रेमका धेरै किस्सा छन् । एक पटक हालका बेलायती राजा तथा तत्कालीन युवराज चार्ल्स तृतीयले रतन टाटाकै लागि आयोजना गरेको विशेष समारोह कुकुर बिरामी भएकै कारण स्थगित गरेका थिए ।
- टाटाको विगत
भारतको प्रतिष्ठित व्यापारीमा दरिएका टाटाहरूको सम्बन्ध आठौँ शताब्दीको इरानसँग जोडिन्छ । प्रख्यात दार्शनिक हेगेलको आफ्नो बहुचर्चित व्याख्यान ‘इतिहासको दर्शन’ मा विश्वात्माको बोधको इतिहासलाई चीनबाट सुरु गरेर इरान, ग्रीक हुँदै हालको जर्मनीमा पुर्याएर इतिहासको अन्त्य हुने घोषणा गरेका छन् ।
जमसेदजी टाटाको निधनपछि यो घरानाको अगुवाइ उनका जेठा छोरा दोराबजी टाटाको काँधमा आयो । उनले यो समूहलाई बेलायतसम्म पुर्याए ।
पछि यही अवधारणालाई लिएर शीतयुद्धको अन्त्य पश्चात् अमेरिकी प्राध्यापक फ्रान्सिस फुकोयामाले ‘इतिहासको अन्त्य’ नामको बहुचर्चित लेख लेखे । हेगेलले त्यो अवधारणा निर्माण गर्नका लागि इरानको जरथ्रुष्टवादी धर्म र सात्रका मान्यताको अध्ययन गरेका थिए । उक्त पुस्तक तत्कालीन भारतमा फेला पारेका पारसी समुदायबाट लिएर अनुवाद गरिएको थियो ।
त्यसपछि पश्चिमा जगतले हेरोडोटसले भनेका पारसीलाई उनीहरूको धर्मसहित सकुशल फेला पारे । यी पारसीहरू कुनै समय पश्चिम एसिया मात्र नभएर उत्तरी अफ्रिका, पूर्वी युरोप र भारतीय उपमहाद्वीपसम्म आफ्नो जगजगी कायम गर्न सफल थिए ।
पश्चिम एसियामा इस्लामको उदय तथा अरबको आक्रमणपछि भूमध्यसागरको राजनीति र धर्मको भूगोलमा कायापलट भयो । धेरै पारसीले इश्लाम धर्म अपनाए, कयौँ मारिए । कयौँ त्यहाँबाट भागेर पूर्वतर्फ बसाई सर्न आए । सुरुमा हालको हर्मुज वरपर आएर बसेका पारसी पुरै पश्चिम एसियाको इस्लामीकरणपछि त्यहाँबाट भागेर भारत आएका थिए ।
अङ्ग्रेजको उपनिवेशकालमा भारतमा आधुनिक शैक्षिक गतिविधि विस्तार हुन थालेको थियो । यिनै विस्थापित पारसीका सन्तान मध्येका एक गुजरातको पुजारी परिवारका युवा जमसेदजी नुस्सरवानजी टाटा एल्फिन्स्टन कलेज मुम्बईबाट स्नातकमा उत्तीर्ण भए । त्यसपछि आफ्नो पुर्ख्यौली पेसा छोडेर उनी व्यापारमा संलग्न भए ।
त्यो समय उनी आफ्नो कपडा व्यापारका लागि चीनसम्म पुग्थे । सन् १८६८मा उनले आफ्नै व्यापारिक कम्पनी सुरुवात गरे । अमेरिकामा भएको गृहयुद्धले कपडा उत्पादनमा आएको गिरावटका समय उनले मनग्य मुनाफा कमाए । यहीँबाट सुरु हुन्छ आजको टाटा समूहको व्यापारिक साम्राज्यको कथा ।
भनिन्छ जमसेदजी टाटाका चार उद्देश्य थिए । फलाम र स्टिल उद्योग खोल्ने, विश्वस्तरीय शैक्षिक संस्था खोल्ने, नयाँ खाल होटेल खोल्ने तथा विद्युत् उत्पादन गृह चलाउने । उनले आफ्नो जीवनकालमा पहिलो उद्देश्य मात्र पुरा गर्न सके । सन् १९०३मा मुम्बईमा होटेल ताज महलको उद्घाटन भयो । त्यसको अर्को वर्ष उनी जर्मनीमा रहँदा बिरामी भएर उतै देह त्याग गरे ।
त्यसबेलासम्म उनले उभ्याएको व्यापारले भारतभर आफ्ना जरा फैलाई सकेको थियो । र, त्यसको चर्चा भारतदेखि धेरै पर युरोपसम्म हुन थालेको थियो । झारखण्ड राज्यको यौटा सहर जमसेदपुर उनै जमसेदजी टाटाको नाममा राखिएको हो । टाटा स्टिलको उद्योग खुलेपछि व्यापक सहरीकरण भएको उक्त ठाउँको नाम अङ्ग्रेज अधिकारीले राखिदिएका हुन् ।
- जमसेदजी पछिको टाटा समूह
जमसेदजी टाटाको निधनपछि यो घरानाको अगुवाइ उनका जेठा छोरा दोराबजी टाटाको काँधमा आयो । उनले यो समूहलाई बेलायतसम्म पुर्याए । स्टिल कम्पनी खोले, पश्चिम भारतकै पहिलो जलविद्युत गृह सञ्चालन गरे । सन् १९११ मा ‘इन्डियन इन्स्टिच्युट अफ साइन्सेज’ खोले ।
भारतमा उठेको स्वराज आन्दोलनसँग जोडिएर उनले आफ्नो कपडा उद्योगको नामै स्वराज उद्योग राखे । उनी भारतीय उपभोक्ताका लागि बेलायतको म्यानचेस्टरको मिलकै जस्तो उच्च कोटीको कपडा उत्पादन गर्न चाहन्थे । उनैले सन् १९३२मा टाटा एअर सर्भिस स्थापना गरे । तर, भारत स्वतन्त्र भएपछि नेहरु सरकारले त्यसको बहुमत शेयर खरिद गरेर त्यसलाई हालको इन्डियन एयरलाइन्स बनायो ।
यद्यपि धेरै पछिसम्म जे.आर.डी टाटा त्यसको अध्यक्षको रूपमा कायम रहे । पछिल्लो मोदी सरकारले गरेको निजीकरण पछि पुनः इन्डियन एयरलाइन्स टाटा समूहकै स्वामित्वमा आइपुगेको छ । दोराबजी टाटापछि जे.आर.डी. टाटाले टाटा समूहको कमान सम्हाले । यो समयमा टाटा समूहले टाटा मोटर्सको सुरुवात गरिसकेको थियो । आजको टाटा समूहका अधिकांश आधुनिक संरचना यिनकै कार्यकालमा सुरुवात भएका हुन् ।
- रतन टाटा
बिहीबार निधन भएका रतन टाटाको पुरा नाम रतन नाभाल टाटा हो । उनी जमसेदजी टाटाको अलिक परका नातेदारका छोरा हुन् । रतन टाटाको जन्म १९३७मा गुजरातको सुरतमा भएको थियो । रतन टाटा १० वर्षको छँदा उनका आमाबुवाको सम्बन्धविच्छेद भयो । त्यसपछि उनकी हजुरआमा, नवज बाई टाटाले उनलाई औपचारिक रूपमा जेएन पेटिट पारसी अनाथालयबाट अपनाएर घरमा ल्याएकी थिइन् ।
टाटाले अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट आर्किटेक्चर पढेका हुन । आफ्नो युवावयबाटै टाटा समूहमा काम थालेका उनी सुरुमा ‘नेसनल रेडियो एन्ड इलेक्ट्रोनिक्स’ लाई सफल बनाएर स्थापित हुँदै गए । जे.आर.डी. टाटासँग नजिक रहेर काम गरेका उनी सन् १९९१ बाट सिङ्गो टाटा समूहकै प्रमुख भए ।
टाटा समूहको नेतृत्वमा रतन टाटाको आगमन र भारतमा उदारीकरणको सुरुवात एकै वर्षमा भएको थियो । रतन टाटाले नेतृत्व लिँदा १०० अर्ब डलरको व्यापक सञ्जाल रहेको टाटा समूहलाई उनले आफ्नो निधनसम्म आई पुग्दा ४०३ अर्ब अमेरिकी डलरसम्म पुर्याउने गरीको नेतृत्व गरे । आजका दिन टाटा समूहमा १० लाख २८ हजार श्रमिकले काम गर्ने गर्छन् ।
त्यस्तै सन् २००७मा केरेलाको उन्नरमा उद्योग स्थापनाका लागि आमजनताको जग्गा कब्जा गरेको भन्दै ठुलो विरोध प्रदर्शन भयो । यी र यस्ता कयौँ विवादहरू टाटा समूह र लामो समय त्यसको नेतृत्व गरेका रतन टाटाको आलोचना हुने गरेको छ ।
नानो कार भनिने एक लाख भारु मूल्यको सानो मोटरकार उत्पादनदेखि विभिन्न कम्पनीलाई टाटा समूहमा विलय गराउने कामको नेतृत्व उनले आफ्नो कार्यकालमा गरे । भारतलगायत विभिन्न मुलुकमा उच्च सम्मान पाएका उनी विविध संघ–संस्थालाई सहयोग गर्नका लागि पनि उत्तिकै चर्चित छन् । उनले आफ्नो कमाईको ठुलो रकम परोपकारी कामका लागि विभिन्न संघ संस्थालाई दिने गरेका छन् ।
सन २०१६मा रतन टाटाले जिम्मेवारी त्यागेपछि टाटा समूहको नेतृत्व साइरस मिस्त्री नामक टाटा परिवारका नातेदारले गरिरहेका थिए तर उनको कार्यकाल विवादित बनेपछि उनलाई हटाइयो । र, पुनः केही समयका लागि समूहको नेतृत्व रतन टाटाले नै गरे । तर, सन् २०१७ देखि प्रमुखको भूमिकाबाट उनले अवकाश लिएका थिए ।
- विवादबिच रतन टाटा
यसबिच भारत र संसारको अर्थतन्त्रमा ठुलै फेरबदल भइरहेको छ । भारत बन्द अर्थतन्त्रबाट नवउदारवादी अर्थतन्त्रमा फेरिएको छ । टाटा समूह भारतीय पुँजीको विश्वव्यापी विस्तारको प्रतिनिधि बनेको छ । भारतमा व्यापार तथा उद्योगको विस्तारमा टाटा समूहले आदिवासी, दलित र गरिबको जीवन, पसिना र रगतको मूल्यमा आफ्नो साम्राज्य खडा गरेको भनी आलोचना हुने गरेको छ ।
अमेरिकी अदालतले सन् २०१६मा व्यापारिक गोप्य सूचना सम्बन्धी मुद्दामा टाटा समूहलाई ९४ करोड अमेरिकी डलर जरिवाना गरायो । तर, टाटाबारेका विवादास्पद समाचार मूलधारका मिडियामै प्रकाशित गर्नु पूर्व नै व्यवस्थापन गर्ने गरेको आरोप उनीमाथि छ ।
सन् २००६मा टाटाले स्टिल उद्योग खोल्नका लागि भारतमा आदिवासीको जमिन कब्जा गरेको खबर आयो । तर, त्यसले कुनै प्रभाव पार्नु अघि नै त्यसको व्यवस्थापन गरियो । त्यति मात्र होइन म्यानमारमा रहेको आफ्नो स्टिल उद्योगलाई फस्टाउनका लागि उनले प्रजातन्त्र विरोधी अर्थात् म्यानमारको तानाशाही जुन्ता सरकारलाई सहयोग गरेको आरोप पनि छ । तर, त्यसबारे पनि उनले विश्वव्यापी आलोचना सहनु परेन ।
त्यस्तै सन् २००७मा केरेलाको उन्नरमा उद्योग स्थापनाका लागि आमजनताको जग्गा कब्जा गरेको भन्दै ठुलो विरोध प्रदर्शन भयो । यी र यस्ता कयौँ विवादहरू टाटा समूह र लामो समय त्यसको नेतृत्व गरेका रतन टाटाको आलोचना हुने गरेको छ ।
यी सबैका बाबजुद अब उनी हामी माझ छैनन् तर उनले खडा गरेको व्यापारको साम्राज्य भने हामी माझ अझै अस्थित्वमै छ ।
(एजेन्सीको सहयोगमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको सहकार्यमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रम सुरु, १७ अर्ब १५ करोड लागत
-
आइफोनमा खिचिएको नेपाली फिल्म अमेजन प्राइममा
-
गाजामा रातभर इजरायली हवाई आक्रमण, दर्जनौँको मृत्यु
-
सरकारको सहयोग नपाएपछि विश्वकप खेल्न बस र रेलबाटै पाकिस्तान गयो नेपाली टोली
-
भाइले गरे ५६ वर्षीय पुरुषको हँसिया प्रहार गरी हत्या
-
गौतम अडानीलाई आजै समात्नु पर्छः राहुल गान्धी