शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

हप्तामा एक दिन गर्नुस् यो काम, २०० भन्दा बढी रोगबाट बचिनेछ

शुक्रबार, २५ असोज २०८१, ०१ : ००
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । जीवन लामो हुनु भन्दा पनि महत्त्वपूर्ण कुरा स्वस्थ हुनु हो । तर हामीमध्ये कति जनाले स्वस्थ जीवनयापन गरिरहेका छौँ ? हरेक दिन शरीरमा कुनै न कुनै नयाँ समस्या आइरहेको हुन्छ । वैज्ञानिक निष्कर्षमा ध्यान दियौँ भने जीवनलाई स्वस्थ बनाउनको लागि कुनै सर्ट कट छैन । स्वस्थ आहार, स्वस्थ जीवनशैली र नियमित व्यायाम यसका लागि अपरिहार्य छ । यसमा गरिने कुनै पनि लापरबाही शरीरको लागि हानिकारक हुन्छ ।

एक पटकलाई मानौँ तपाई स्वस्थ आहार खानु हुन्छ । जीवनशैली पनि स्वस्थ नै छ । तर हरेक दिन व्यायाम गर्न तपाईँसँग पर्याप्त समय छैन । तर पनि तपाई यी झन्झटबाट छुटकारा पाउन सक्नुहुन्छ र स्वस्थ रहन सक्नुहुन्छ । तपाईँले एक वा दुई दिनमा एक हप्ताभरिको व्यायाम गर्नु भयो भने पनि शरीरलाई २०० भन्दा धेरै रोगहरूबाट बचाउन सक्नुहुन्छ । यो भनेको अरू केही होइन समय अभावका कारण दिन दिनै गर्न नसकेको व्यायाम हप्तामा एकै दिनमा गर्ने हो । सप्ताहान्तमै पर्याप्त व्यायाम गर्नुभयो भने पनि यो सबै पाँच दिनको व्यायाम बराबर हुनेछ ।

  • ८० हजार भन्दा धेरैमाथि अध्ययन

हप्तामा १५० मिनेटभन्दा धेरै ब्रिस्क व्यायाम गर्न सिफारिस गरिएको छ । तपाईँले नियमित व्यायामको सट्टा सप्ताहान्तमा मात्रै ब्रिस्क व्यायाम गर्नुभयो भने प नि यसले तपाईँलाई दैनिक व्यायाम गरे जस्तै फाइदा पुर्‍याउने सर्कुलेशन जर्नलमा प्रकाशित एक शोधपत्रको दाबी छ ।

यस व्यायामबाट मुटु रोग, मधुमेह, रक्तचाप आदि २०० भन्दा बढी रोगबाट बच्न सकिन्छ ।  यो अध्ययन ८९ हजार ५७३ व्यक्तिमा गरिएको थियो । हामी कहिले र कति पटक व्यायाम गर्छौ भन्दा पनि कति लामो समयसम्म व्यायाम गर्छौ भन्ने कुरा महत्त्वपूर्ण हुने अध्ययनमा भनिएको थियो । जस्तै: तपाईँ हप्तामा १५० मिनेट व्यायाम गर्नुहुन्छ भने, यो दुई दिनमा गर्न सकिन्छ, तर यदि तपाईँ हप्तामा एक पटकै २ देखि ३ घण्टासम्म व्यायाम गर्नुहुन्छ भने, यो पनि पर्याप्त हुन्छ ।

  • मधुमेह र हृदय रोगको जोखिम कम गर्दछ

म्यासाचुसेट्स जनरल अस्पतालका अन्वेषकहरूले आफ्नो अध्ययनमा संलग्न व्यक्तिहरूको नाडीमा  ब्यान्ड बाँधेर उनीहरूले कति समय व्यायाम गरे र उनीहरूले हप्तामा कति दिन व्यायाम गरे भन्ने कुराको हिसाब गरेका थिए । । अनुसन्धानकर्ताहरूले धेरै वर्षसम्म तिनीहरूको विवरणहरू हेरे ।  नियमित व्यायाम गर्ने र सप्ताहान्तमा व्यायाम गर्ने दुवैले समान लाभ पाएको अध्ययनमा देखियो । यसले हृदय रोग र मधुमेह सहित धेरै रोगहरूको जोखिम कम गरेको पाइयो । उदाहरणका लागि, व्यायाम नगर्नेहरूको तुलनामा, नियमित व्यायाम गर्ने र सप्ताहान्तमा व्यायाम गर्नेहरूमा उच्च रक्तचापको जोखिम २० प्रतिशतले घटेको थियो भने मधुमेहको जोखिम ४० प्रतिशतले घटेको थियो ।

  • कति समयसम्म व्यायाम गरिन्छ भन्ने महत्त्वपूर्ण

अध्ययन आफूहरू सबैका लागि स्तब्ध बनाउने भएको प्रमुख अनुसन्धानकर्ता डा शान खुर्सिदले बताए । तपाईँ कति दिन व्यायाम गर्नुहुन्छ भन्ने कुराले फरक पार्दैन, कति समयसम्म व्यायाम गर्नुहुन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुने यो अध्ययनले देखाएको छ । आजको जमाना निकै फास्ट छ । मानिसहरूसँग दिनहुँ व्यायाम गर्ने फुर्सद छैन । यसका कारण मानिसहरूमा रोग बढ्दै गएको छ । समस्या के छ भने नियमित व्यायाम नगर्नेहरूमा एक–दुई दिन व्यायाम गरेर केही हुन्न भन्ने सोच व्याप्त छ । तर यस अध्ययनले हामीहरूको यो सोच पक्कै फेर्ने छ ।

अस्वीकरण  (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप