बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई

बिहीबार, २४ असोज २०८१, १९ : ४७
बिहीबार, २४ असोज २०८१

सोल । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गरेकी छिन् । नोबेल पुरस्कार समितिका अनुसार ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उनका चरम काव्यात्मक गद्यका लागि’ उनलाई पुरस्कार दिइएको हो ।

उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औँ महिला बनेकी छन् । त्रिपन्न वर्षीय आख्यानकार काङले ‘दी भेजिटेरिअन’ नामक उपन्यासका निम्ति सन् २००७ मा म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार पाएकी थिइन् । 

सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ । यस अवधिमा १२१ जना साहित्यकार यस पुरस्कारबाट पुरस्कृत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप