बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

भोलिदेखि बीपी राजमार्ग सञ्चालनमा आउँछ : प्रधानमन्त्री

बिहीबार, २४ असोज २०८१, १९ : ४३
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहानदेखि बीपी राजमार्ग सञ्चालनमा आउने बताएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग भएको टेलिफोन कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा जानकारी दिएका हुन् ।

आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने प्रधानमन्त्रीको भनाई छ । उनले सडक सडक खुलाउन अहोरात्र खटिएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केही बेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका - ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप