बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दोलखामा दुर्घटना

बिहीबार, २४ असोज २०८१, १९ : १६
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । काठमाडौँबाट रामेछापको गुप्तेश्वर तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  दोलखा भीमेश्वर न.पा- ८ चरङ्गेस्थित काठमाडौँ- चरिकोट लामासाघु सडक खण्डमा बा. प्र. ०१००६ ख ४८४३ नम्बरको अरनिको बस दुर्घटना भई सडकमा पल्टिएको हो ।

बसमा ३०/३५ जना रहेकोमा १३ जना घाइते भएका थिए । घाइतेहरू मध्ये च्छो-रोल्पा अस्पतालमा २ जना, सामुदायिक अस्पतालमा २ जना, पशुपति चौलागाई स्मृति अस्पतालमा बालकसहित ४ जना गरी जम्मा ८ जना घाइतेहरूको उपचार भइरहेको प्रहरी सहायक हवल्दार सन्तोष पहरीले जानकारी दिए । 

घाइतेमध्ये उपचार अवस्था २ जना गम्भीर रहेको र ६ जना मध्यम रहेको पहरीको भनाई छ । अन्य उपचार गरेर डिस्चार्ज भएका छन् । 

घटनापछि फरार रहेका बसका चालक २३ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले घाइते अवस्था जंगलबाट नियन्त्रणमा लिएको थियो । चालकका अनुसार आफू अगाडि रहेको इलेक्ट्रिक भ्यानले अकस्मात् ब्रेक हानेपछि त्यसलाई जोगाउन खोज्दा बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिएको थियो ।

462541118_1043210324264104_1259790494891362014_n462551833_535733219311784_1455063207934437418_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप