बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
हनुमानढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याइयो, तस्बिरहरू
दसैँ

हनुमानढोका दरबारको दसैँ घरमा फूलपाती भित्र्याइयो, तस्बिरहरू

बिहीबार, २४ असोज २०८१

 काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइएको । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 

fulpati dashain ghar (1)

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ । 

fulpati dashain ghar (2)

हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

fulpati dashain ghar (3)

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ । 

fulpati dashain ghar (4)

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

fulpati dashain ghar (5)

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

fulpati dashain ghar (6)

फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

fulpati dashain ghar (7)fulpati dashain ghar (8)fulpati dashain ghar (9)fulpati dashain ghar (10)fulpati dashain ghar (11)fulpati dashain ghar (12)fulpati dashain ghar (13)fulpati dashain ghar (14)fulpati dashain ghar (15)fulpati dashain ghar (16)fulpati dashain ghar (17)fulpati dashain ghar (18)fulpati dashain ghar (19)fulpati dashain ghar (20)fulpati dashain ghar (21)fulpati dashain ghar (22)fulpati dashain ghar (23)fulpati dashain ghar (24)fulpati dashain ghar (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया