बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् फूलपाती बढाइँ समारोह
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् फूलपाती बढाइँ समारोह

बिहीबार, २४ असोज २०८१

काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिएको छ । सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

fulpati (1)

राजधानीको टुँडिखेलमा फूलपाती बढाइ समारोह २०८१ अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरू पुगेका थिए ।

fulpati (2)

सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ । 

fulpati (3)

फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गर्छन् ।

fulpati (4)

राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवर्द्धन र प्रवर्द्धनमा ठुलो भूमिका देखिँदै आएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी बताउँछन् । 

fulpati (5)

सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ सकिए लगत्तै अत्यावश्यक बाहेकका जनशक्तिलाई दसैँको छुट्टी दिने परम्परा छ ।

fulpati (6)fulpati (7)fulpati (8)fulpati (9)fulpati (10)fulpati (11)fulpati (12)fulpati (13)fulpati (14)fulpati (15)fulpati (16)fulpati (17)fulpati (18)fulpati (19)fulpati (20)fulpati (21)fulpati (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया