बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

चार जना मृत फेला

बिहीबार, २४ असोज २०८१, १६ : ४१
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा चार जना मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१८ डिपो बजार बस्ने ४५ वर्षीया सरिता पौडेल सोही ठाउँस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

चितवन, भरतपुर महानगरपालिका-७ कटहर चोक बस्ने ५३ वर्षीया दिलमाया थापा सोही महानगरपालिका-२६ भगडिस्थित नारायणी नदीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

मोरङ, रतुवामाई नगरपालिका-१० ताम्राङे टोलस्थित कट्नु खोलामा सोही ठाउँ बस्ने ३८ वर्षीय बखत बहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका-७ काभ्रेघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप