बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दुई जनासहित दुर्घटनामा ६ जनाको मृत्यु

बिहीबार, २४ असोज २०८१, १६ : ३८
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

  • काठमाडौँ, गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान भण्डारी चोक नजिकै सडकमा प्र.३-०२-०१४ प ५९३८ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा स्कुटरमा सवार सिन्धुपाल्चोक सुकुटे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय हरि कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।
  • यसैगरी काठमाडौँ, शंखरापुर नगरपालिका-१ नाङलेभारे पाङग्रेबासस्थित सडकमा नाङलेभारेबाट मेलम्चीतर्फ जाँदै गरेको ना.१ ज ६७७३ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया सुन्तली बिकको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सुस्मा कोइराला मेमोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा ना.३३ प ४२४२ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा चालक दोलखा बैतेश्वर गाउँपालिका-४ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३५ वर्षीय कृष्ण दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
  • कैलाली, लम्कीचुहा नगरपालिका-७ खरौलास्थित सडकमा सु.प.प्र.०१००२ त ६८३५ नम्बरको ट्याक्टरमा सु.प.प्र.०१००९ प १९८१ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-७ बस्ने २३ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • बारा, परवानीपुर गाउँपालिका-३ अमृत चोकस्थित सडकमा ना.१ ज ७७९१ नम्बरको म्याजिकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय बृज लाल अहिर राउतको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्पर्श हस्पिटल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार म्याजिक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
  • यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा काठमाडौँबाट सिराहातर्फ जाँदै गरेको म.प्र.०१-००४ प ६८०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सिराहा धनगढीमाई नगरपालिका-११ बस्ने २२ वर्षीय सुमन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बयोधा अस्पताल पर्सा पठाइएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप