बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६० जना पक्राउ

बिहीबार, २४ असोज २०८१, १६ : ३५
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ६० जना पक्राउ परेका छन् ।

  • कैलाली, गौरीगंगा नगरपालिका-१ चौमालास्थित न्यू साउद होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ गोप्का बस्ने ३४ वर्षीय टेक बहादुर बुढा समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद  ८१ हजार ९ सय ४१ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।
  • यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ तेधरी सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जगुराम चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो । 
  • ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धीस्थित नारायण घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ खुमलटार बस्ने ५० वर्षीय नन्दि केशर घिमिरे समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी परिसर ललितपुर तथा प्रहरी प्रभाग बाडेगाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २५ हजार ४ सय ५५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
  • कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ किचाई बस्ने प्रकाश ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३५ वर्षीय दिल बहादुर चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ९ सय ७२ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।
  • यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-५ सोभातालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा लालझाडि गाउँपालिका-६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरी समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार १ सय २८ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । 
  • सुर्खेत, गुर्भाकोट नगरपालिका-९ भालुखोलास्थित पशुबदशालामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय कृति राई समेत ६ जनालाई  बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ४ सय २५ रूपैयाँ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप