बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

विपद्बाट घरवास गुमाएकालाई तत्काल पुनर्वासको व्यवस्था गर्न एमालेको आग्रह

बिहीबार, २४ असोज २०८१, १६ : १७
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूको उद्धार गरेको बताए । उनले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको जिकिर गरे । 

उनले भने, ‘सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको छ । प्राकृतिक प्रकोप र सरकारको भोलुमको बिचमा ग्याप त हुँदो नै रहेछ । हालैमात्र अमेरिकाको फ्लोरिडामा आँधीबाट आक्रान्त छ । सुविधा सम्पन्न देशमा पनि केही कमजोरी छन् । तर हामीले सरकारले इमानदारीपूर्वक काम गरेको छ की छैन भनेर हेर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरू सबै खट्नुभएको छ । तर मौसम विज्ञहरूले मुसलधारे वर्षा हुने अनुमान गर्नुभएको थियो । त्यसलाई मध्यनजर गरेर सरकारले सूचना पनि सतर्क रहन दिएको हो । कति कुरामा नागरिकहरूको सजगतामा कमी पनि भयो । सरकार अझ बढी प्रभावकारी बनोस् । १० हजार परिवारले घरवास गुमाउनुभएको छ । उहाँहरूलाई छिटो भन्दा छिटो पुनर्वासको जरुरी छ । त्यसपछि पुनर्निर्माणको काम आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप