समकालीन विश्व टेनिसका महान् खेलाडी नाडालको सन्न्यास
![समकालीन विश्व टेनिसका महान् खेलाडी नाडालको सन्न्यास](https://npcdn.ratopati.com/media/news/rafael-nadal_i9c62XRGLn.jpg)
काठमाडौँ । समकालीन विश्व टेनिसका महान् खेलाडी राफेल नाडालले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् । उनले जारी सिजनको समाप्तिसँगै सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा बिहीबार गरेका हुन् ।
३८ वर्षीय स्पेनिस स्टार नाडालले आफ्नो सक्रिय खेल जीवनको अन्तिम खेल राष्ट्रिय टोलीबाट आगामी नोभेम्बरमा मालागामा खेल्नेछन् । स्पेनिस टोलीको सदस्य भएर उनी अन्तिम पटक डेभिस कपमा देखा पर्नेछन् ।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले २२ पटक विश्व टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम प्रतियोगिता जितिसकेका छन् । उनी ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको उपाधि १४ पटक जित्ने एक मात्र खेलाडी पनि हुन् ।
उनले सन् २००५ मा पहिलो पटक र सन् २०२२ मा अन्तिम पटक फ्रेन्च ओपनको उपाधि चुमेका थिए । यसका अतिरिक्त उनले अन्य तीनवटा ग्रान्डस्लामको उपाधि पनि जितेका छन् । उनले दुई पटक अस्ट्रेलियन ओपन, दुई पटक विम्बल्डन र चार पटक यूएस ओपनको उपाधि चुमेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयक सच्चाउन सरोकारवालको माग
-
‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’
-
गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन
-
मनिष झाको प्रश्न : जेल बसेर बाहिर आएपछि एकै पटक दरबारचाहिँ कसरी बन्यो ?
-
अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय
-
क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल