बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

भोड्का ब्रिजर सजिलो तरिकाले कसरी बनाउने ?

बिहीबार, २४ असोज २०८१

काठमाडौँ । व्यस्त दैनिकी, सधैँको दौडधुप । त्यसमाथि हतार हतार गर्दै घर अफिस गर्नुपर्दा खाने पिउने मुड नै हुँदैन । कहिले अफिस बिदा पाइएला र आनन्दले रमाइलो गरौँला भन्ने मुड सबैको हुन्छ । 

न कुनै हतारो, कुनै तनाव । घरमै बसिबसी आनन्दले ककटेल, मकटेलको चुस्क लगाउने सोचमा हुनुहुन्छ ? सजिलो र छोटो समयमा बनाउने सकिने पेय पदार्थ हो, भोड्का ब्रिजर ।

ललितपुरको कुमारीपाटीस्थित हनिवेला बारटेन्डिङ एकेडिमीकी बार टेन्डर रिंकी तामाङले भोड्का ब्रिजर बनाउने सजिलो विधि सिकाएकी छन् । रातोपाटीले तयार पारेको यो भिडिओ हेरेपछि भोड्का ब्रिजर सजिलै बनाउन सक्नुहुनेछ । 

आवश्यक सामग्रीहरू

  • भोड्का
  • सुन्तलाको जुस
  • पाइनएपल जुस
  • लाइम जुस

बनाउने विधि

सुरुमा खाली ग्लास लिने, त्यसमा ६० मिलिलिटर भोड्का खन्याउने । क्रमशः त्यसमा ६० मिलिलिटर सुन्तलाको जुस, पाइनएपल जुस, लाइम जुस मिसाउने । अब त्यसमा केही टुक्रा आइस राख्ने । यति भएपछि अर्को ग्लासमा राखेर त्यसलाई मज्जाले फिट्ने । अब अर्को कुनै ग्लास वा आफूलाई पिउन मन लागेको ग्लासमा आइसका टुक्रा राखेर चिसो बनाउने । अघि तयार भएको भोड्का ब्रिजर त्यसैमा राख्ने । अब तयार भयो, भोड्का ब्रिजर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया