बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

घरमै रेड चंक ककटेल बनाउने तरिका

बिहीबार, २४ असोज २०८१

प्रायः दसैंको समयमा धेरैलाई घरमै बसेर पिउने रहर हुन्छ । अधिकांश वाइन सपहरु बन्द हुन सक्छन् । आफूले भनेकै बेला अनलाइन अर्डर गरे पनि त्यो सुविधा नमिल्न सक्छ । यस्तो बेला के गर्ने ? घरमै बसिबसी ककटेल र मकटेल सकिन्छ । त्यो पनि सजिलो तरिकाले थोरै समयमा । 

ललितपुरको कुमारीपाटीस्थित हनिवेला बारटेन्डिङ एकेडेमीका बार टेन्डर रिंकी तामाङले घरमै रेड चंक बनाउने सजिलो विधि सिकाएकी छन् । यो भिडिओ हेर्दै विधि अपनाएपछि त रेड चंक बनाउन धेरै समय नै लाग्दैन । 

रेड चंक बनाउने सजिलो तरीका छ । यसका लागि आवश्यक सामग्री

  • हाइबल ग्लास वा नर्मल ग्लास
  • दुई वटा काँक्रो र सुन्तला
  • पुदिनाको पात
  • क्यानबेरी जुस
  • लेमन जुस, ३० मिलिमिटर
  • आइस

बनाउने तरीका 

सुरुमा हाइबर ग्लास वा नर्मल ग्लास लिने । त्यसमा काँक्रो र सुन्तलाका काटिएका टुक्रा राख्ने । क्रमशः पुदिनाका पातहरु, क्यानबेरी जुस, लेमन जुस खन्याउने । अब ग्लासमा राखिएका यी सबै सामग्रीलाई मज्जाले घोल्ने । र, अन्तिममा माथिबाट आइसका केही टुक्राहरू खन्याउने । 

यत्ति गरेपछि रेड चंक तयार भयो । अब यसको स्वादको मजा लिन सकिन्छ । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया