बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

दसैँमा हनिवेला डिलाइट मकटेल

बिहीबार, २४ असोज २०८१

काठमाडौँ । दसैँमा मिठो मिठो खानेकुरा मात्र नभएर मिठोमिठो पेय पदार्थ पनि खाइन्छ । घरमा रहेका परिवारदेखि घरमा आउने पाहुनासम्म हामी मिठोमिठो खुवाउन चाहन्छौँ ।

परम्परागत पेय पदार्थभन्दा पनि फरक स्वादका साथ तपाईंले यसपटकको दसैँ मनाउन सक्नुहुनेछ । 

यसका लागि हामी ललितपुरको कुमारीपाटीमा रहेको हनिवेला टेरेस क्याफेमा पुगेका छौँ । रवि थापाले हनिवेलाको सबैभन्दा उत्कृष्ट मकटेल ‘डिलाइट’ बनाउने तयारी सिकाउनेछन् । 

  • बनाउने तरिका ः
  • सुरुमा करिब १५ मिलिलिटर ग्रेनडिन लिनुहोस् । 
  • त्यसमा थोरै आइस हालेर त्यसलाई टपअप गर्नुहोस् । 
  • त्यसपछि करिब १५ मिलिलिटर लेमन जुस हालेर र हल्का घोल्नुहोस् । 
  • त्यसमा ३० देखि ४५ मिलिलिटर लिची जुस मिसाउनुस् । 
  • सँगसँगै त्यति नै मात्रामा भूइँकटहरको जुस हाल्नुहोस् । 
  • त्यसपछि थोरै आइस थप्नुहोस् र ३०–४५ मिलिलिटर नै सुन्तलाको जुस बिस्तारै खन्याउनुहोस् । 
  • अन्तिममा हामी सोडा र ब्लु कुराकाओले टपअप गरिन्छ । यसलाई पनि बिस्तारै हाल्नुहोस् ता कि यो माथि नै टपअप होस् । यो पनि लगभग ३०–४५ मिलिलिटर नै लाग्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया