बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

दसैँ परिकार : मटन रोगन जोस

बिहीबार, २४ असोज २०८१

काठमाडौँ । दसैं भन्ने बित्तिकै मीठा मीठा परिकारहरू बनाएर खाने आम मानिसहरूको बुझाई छ । त्यसमाथि ननभेजहरुका लागि मासुका विभिन्न परिकारहरूको स्वाद लिने रहर हुन्छ । 

चलनचल्तीका परिकार भन्दा कहिलेकाहीँ फरक परिकारको स्वाद लिन मन लाग्छ । ललितपुर, सानेपास्थित इन्टरनेसनल क्लबभित्र रहेको द ब्ल्याक गोल्डले आफ्नो मेनुमा मटनका थरीथरीका परिकारहरू समावेश गरेको छ । 

त्यसमध्ये धेरैले रुचाएको मटन रोगन जोस बनाउने विधि यहाँ चर्चा गर्नेछौँ । अरेबिक सेफ गोविन्द ढकालले सुझाए अनुसार मटन रोगन जोस आधा घण्टामा तयार हुन्छ । 

आवश्यक सामग्रीहरू 

मटन (२ सय ग्राम), तेजपत्ता, हरियो अलैँची, ब्ल्याक पेपर, दालचिनी, टमाटर, प्याज, टमाटर, अदुवा र लसुनको पेस्ट ।

मसालाहरू

रातो खुर्सानीको धूलो, नुन, धनियाँ, जिराको पाउडर, गरम मसाला, मिट मसाला, गोलभेँडाको पेस्ट, तोरीको तेल

बनाउने बिधि 

  • सुरुमा तातेको तेलमा पहेँलो हुने गरी प्याज, लसुन, टमाटर, मसाला रातो हुने गरी भुट्ने । 
  • त्यसपछि मटन राखेर १५ मिनेटसम्म चलाउने । 
  • आधा लिटर पानी राखेर कुनै भाँडाले छोप्ने । 
  • ५–५ मिनेटको फरकमा फेरि चलाउने । 
  • अब तयार भयो, मटनको मीठो परिकार । 

रोटी, भात वा यत्तिकै पनि यसको स्वाद लिन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया