बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

मधुमेहका रोगीका लागि खतरनाक हुन्छ कफी ?

बिहीबार, २४ असोज २०८१, १३ : ०१
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । कफीले मधुमेह रोगीहरूको मुटुको स्वास्थ्यमा कस्तो प्रभाव पार्ला ? यो धेरैजसो मधुमेह पीडितको चिन्ताको विषय हो । कफीको खपत मात्रा र क्याफिनप्रति शरीरले देखाउने प्रतिक्रियाका आधारमा यसले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ । 

ठिक्क मात्रामा कफी खादा ग्लुकोज मेटाबोलिज्ममा सुधार आउँछ भने एन्टिअक्सिडेन्ट सुरक्षा जस्ता फाइदा  पनि मिल्छ । तर अत्यधिक कफी, विशेष गरी क्याफिनयुक्त वा फिल्टर नगरिएको कफीको सेवनले रक्तचाप, कोलेस्ट्रोलको समस्या र हृदयको ताल आदिमा समस्या बढाउन सक्छ । 

मधुमेह रोगीहरूले कफीप्रतिको प्रतिक्रियालाई ध्यानपूर्वक विचार गर्नुपर्छ र यसले रगतमा चिनीको मात्रा, मुटुको धड्कन दर र समग्र स्वास्थ्यलाई कसरी असर गर्छ भन्ने आधारमा सेवन गर्नुपर्छ ।

कफीले मधुमेह रोगीको मुटुको स्वास्थ्यमा कसरी असर गर्छ ?

  •  रक्तचाप बढ्ने सम्भावना

मधुमेह रोगीका लागि मुटुलाई स्वस्थ राख्नकै लागि पनि रक्तचापलाई नियमित राख्न जरुरी छ । कफीले रक्तचापमा अस्थायी वृद्धि गराउन सक्छ, विशेष गरी यसमा हुने क्याफिनको कारण । यो प्रभाव त्यस्ता व्यक्तिमा झन् स्पष्ट हुन्छ जो क्याफिनप्रति बढी संवेदनशील छन् वा नियमित रूपमा यसको सेवन गर्दैनन्  । उमेरमा हुने वृद्धिसँगै बढ्दो रक्तचापले हृदय र रक्त नलीहरूमा दबाब पर्न सक्छ, हृदय सम्बन्धी रोगहरूको जोखिम बढाउँछ ।

  • रगतमा चिनीको मात्रा नियमनमा सुधार

मधुमेहका रोगीले कफी सेवन गर्नुको सकारात्मक पक्ष के हो भने कफीमा क्लोरोजेनिक एसिड जस्ता बायोएक्टिभ यौगिकहरू हुन्छन् । जसले इन्सुलिन संवेदनशीलता र ग्लुकोज मेटाबोलिज्ममा सुधार गर्ने केही अध्ययनहरूले देखाएका छन् । मधुमेह रोगीहरूको लागि सुधारिएको इन्सुलिन संवेदनशीलताले रगतमा चिनीको मात्रा नियन्त्रणमा सुधार ल्याउन मद्दत  गर्छ  र मुटुको प्रणालीमा तनाव कम गरेर अप्रत्यक्ष रूपमा मुटुको स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । ग्लुकोज राम्रो नियमनले एथेरोस्क्लेरोसिस अर्थात् धमनीहरू कडा हुनु र मुटुसम्बन्धी अन्य समस्याहरूको जोखिम कम गर्दछ ।

  • कोलेस्ट्रोलमा प्रभाव

एस्प्रेसो वा फ्रेन्च प्रेस कफी जस्ता फिल्टर नगरिएको कफीमा डाइटरपेन्स (जस्तै क्याफेस्टोल र काहवेल) जस्ता यौगिक हुन्छन् । यसले एलडीएल अर्थात् खराब कोलेस्ट्रोलको स्तर बढाउन सक्छ । उच्च एलडीएल कोलेस्ट्रोल हृदय रोगको प्रमुख जोखिम कारक हो । पहिला नै लिपिड असन्तुलन भएका मधुमेह रोगीका लागि यसले एलडीएल स्तर बढाउन सक्छ । अर्को फिल्टर गरिएको कफीमा यी यौगिकहरू निकै कम मात्रामा पाइन्छन् । यसले कोलेस्ट्रोल स्तर धेरै बढाउँदैन । कफी खाएर कोलेस्ट्रोल बढ्छ कि भनेर चिन्तित व्यक्तिहरूको लागि यो कफीको सुरक्षित विकल्प हुन सक्छ ।

  • एन्टिअक्सिडेन्ट गुण र मुटुको स्वास्थ्य

कफीमा पोलिफेनोल जस्ता एन्टिअक्सिडेन्टहरू प्रशस्त हुन्छन् । यसले सुनिन्एको र अक्सिडेटिभ तनाव कम गरेर हृदयलाई बचाउन मद्दत गर्दछ । यी एन्टिअक्सिडेन्टहरूले मधुमेह रोगीहरूलाई हृदयसम्बन्धी  समस्याबाट सुरक्षा प्रदान गर्न सक्छन् । कफीले सुन्निएको कम गर्न मद्दत गर्छ । पुरानो सुन्निने रोगले रक्त नलीमा क्षति पुर्याउन सक्छ र हृदय रोग निम्त्याउन सक्छ । त्यसैले कफीको एन्टी–इन्फ्लेमेटरी प्रभावहरूले केही हृदय स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छ ।

  • मुटुको गति र एसिडिटीमा प्रभाव

कफीमा क्याफिन हुन्छ जसले मुटुको धड्कन बढाउन सक्छ र केही व्यक्तिहरूमा एरिथमिया (अनियमित मुटुको धड्कन)को समस्या उत्पन्न गराउन सक्छ । एरिथमियाले हृदयाघात वा स्ट्रोकको जोखिम बढाउन सक्छ । त्यसैले मुटुको तालको समस्याबाट ग्रस्त भएमा मधुमेह रोगीहरूले बढी सावधानी अपनाउनु आवश्यक छ । क्याफिनको उत्तेजक प्रभावले मुटुको गतिलाई पनि बढाउन सक्छ, जुन केही मानिसहरूका लागि हानिरहित भए तापनि पहिला देखि नै मुटुको रोग वा समस्या भएका अरू व्यक्तिका लागि यो खतरनाक हुन सक्छ ।

  • वजन व्यवस्थापनमा प्रभा

मधुमेह नियन्त्रण गर्न र मुटुसम्बन्धी रोगको जोखिम कम गर्न स्वस्थ तौल कायम राख्नु महत्त्वपूर्ण छ । चिनी नहालीकन वा उच्च फ्याट भएको क्रीमर बिना कफी खाइन्छ भने यो कम क्यालोरीयुक्त पेय हुन्छ । जुन वजन व्यवस्थापन योजनामा फिट हुन्छ । क्याफिनले मेटाबोलिज्म बढाउन सक्ने र फ्याट बर्नलाई बढवा दिन सक्छ भनेर केही अध्ययनहरूले देखाएका छन् । यसले वजन घटाउन वा तौल कायम गर्न मद्दत गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप