बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

घरमै पनिर चिल्ली र पकौडा कसरी बनाउने ?

बिहीबार, २४ असोज २०८१

काठमाडौँ । दसैँ भन्ने बित्तिकै हामी मासुका थरीथरीका परिकार सम्झिन पुग्छौँ । मासु बिनाको दसैँ कतिपयलाई खल्लो लाग्छ । तर, मांसाहारी बाहेक शाकाहारीलाई ? अन्य परिकार जस्तै शाकाहारीका लागि पनि थुप्रै परिकारहरू छन् । जुन घरमै बनाएर खान सकिन्छ । घरमा सजिलो र छिटै तयार हुने परिकार हुन्, पनिर चिल्ली र पकौडा । 

घरमै पनिर चिल्ली कसरी बनाउने ? 

  • पनिर स्वास्थ्यवर्द्धक परिकार हो । पनिर चिल्ली बनाउनका लागि आवश्यक सामग्रीहरू 
  • पनिर, प्याज, टमाटर, हरियो खुर्सानी, धनियाँको पात, टमाटर सस, जिराको पाउडर, रातो खुर्सानीको पाउडर, बेसार, नुन, तेल, कालो मरीच र भिनेगर ।
  • पनिर चिल्ली बनाउने तरिका 
  • सुरुमा पनिरलाई पखालेर एउटै साइजमा काट्ने । 
  • प्यानमा तेल तताइसकेपछि पनिर फ्राई गर्ने । 
  • खैरो भएपछि निकालेर भाँडामा राख्ने । 
  • नरम बनाउन दुई मिनेट जति पानीमा भिजाउने । 
  • भेडेखुर्सानी, प्याज र टमाटरलाई काट्ने । 
  • अर्को प्यानमा तेल तताएर बेसार राखेर कटिङ गरेको भेडेखुर्सानी, हरियो खुर्सानी, प्याज र टमाटरलाई हल्का फ्राई गर्ने र खुर्सानीको पाउडर, जिराको पाउडर स्वाद अनुसार नुन राख्ने । 
  • भिजाएर राखेको फ्राई पनिरका साथ हल्का चलाउने । 
  • अन्त्यमा टोमाटो सस राखेर एकपटक राम्रोसँग चलाइसकेपछि प्लेटमा सर्भ गर्ने । 
  • सजावटका लागि माथिबाट धनियाँको पात छर्कने । 
  • यसरी घरमै पनिर चिल्ली बनाउन सकिन्छ ।

पकौडा कसरी बनाउने ? 

ननभेजहरुका लागि पकौडा एक लोकप्रिय परिकार हो । घरमा उपलब्ध सामग्रीहरूको उपयोग गरेर सजिलो र छिटै बनाउन सकिने परिकार हो । पकौडा पनि धेरै प्रकारका हुन्छन् । आफ्नो रुचि अनुसार पनिर पकौडा, एग पकौडा, सोया पकौडा, सुजीको पकौडा, रुखकटहरको पकौडा बनाउन सकिन्छ । यहाँ हामी भेजिटेबल पकौडा बनाउने विधिबारे चर्चा गर्दैछौं ।

आवश्यक सामग्री

अण्डा, बेसन, मैदा, ज्वानो, पिनट, प्याज (टुक्रा पारेर काटिएको), गाजर, धनियाँ, नुन (स्वाद अनुसार), जिराको धूलो (आधा चम्चा), तेल

मसालाहरू

बेसार, नुन, खुर्सानीको धूलो, जिरा  

बनाउने तरिका

  • घरमा उपलब्ध सब्जीलाई उसिनेपछि मसिनो गरी काट्ने । 
  • एउटा भाँडामा सबै सामग्री राखेर मुछ्ने । 
  • कराहीमा आधा लिटर तेल तताएर स-साना डल्ला बनाएर तेलमा तार्ने । 
  • खैरो भएपछि बाहिर निकालेर बिस्तारै थिच्ने, फेरि १ मिनेट तेलमा फ्राई गर्ने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया