बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

७१ वर्षकी लागिन् रेखा, यस्तो छ उनको करियर यात्रा

बिहीबार, २४ असोज २०८१, १२ : ५०
बिहीबार, २४ असोज २०८१

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री रेखा आज आफ्नो ७० औँ जन्मदिन सेलिब्रेसन गर्दै छिन् । कलाकारितादेखि राजनीतिसम्म छाउन सफल उनीको सबैतिर फ्यान छन् । उनको अभिनय र नृत्य शैलीका सबै दिवाना छन् । त्यसैले पनि उनी सबैको मनमा बस्न सफल छिन् । रेखाको वास्तविक नाम भानुरेखा हो ।

रेखाको जन्म १० अक्टोबर १९९४मा मद्रासमा भएको थियो । उनी विशेष गरेर हिन्दी फिल्म अभिनयको कारण पनि चिनिन्छन् । १८० बढी फिल्ममा काम गरेकी उनले थुप्रै अवार्ड समेत हात पारेकी छन् । उनले अधिकांश फिल्ममा सशक्त महिला पात्रको भूमिका निर्वाह गरेकी छन् ।

रेखाले अभिनयमा डेब्यु भने बाल कलाकारको रूपमा तेलूगू फिल्म ‘इन्टी गुट्टु र रंगुला रत्नमबाट’ थालेकी थिइन् । मुख्य भूमिकामा उनको पहिलो फिल्म ‘अपरेसन ज्याकपोट नल्ली सीआईडी ९९९’ थियो । उनले बलिउड डेब्यु भने फिल्म ‘सावन भादो’बाट गरेकी थिइन् ।

रेखाले फिल्ममा सफलताको उचाइ भने ‘घर’ र ‘मुकदरका सिकन्दर ’बाट चुमेकी हुन् । उनले कमेडी फिल्म ‘खुबसुरत’का लागि पहिलो फिल्मफेयर अवार्ड उत्कृष्ट अभिनेत्रीको रूपमा प्राप्त गरेकी थिइन् । 

त्यसपछि उनको बसेरा, एक ही भुल, जीवन धारा, अगर तुम न होते लगायत धेरै उत्कृष्ट फिल्म दिइन् । धेरै महिला फिल्ममा अभिनय गरेकी उनको दर्शकले औधी रुचाएको फिल्म ‘खुन भरी माग’ हो ।

अभिनयको अलावा रेखाले सन् २०१२ देखि २०१८सम्म राज्यसभा सांसदको रूपमा काम गरिन् । आज पनि उनी सौन्दर्यमा धेरै युवा अभिनेत्री भन्दा कम छैनन् । केही वर्षदेखि फिल्मबाट टाढा रहेकी उनी चर्चामा भने सधैँ रहिरहने गरेकी छन् । ‘मुकदरका सिकन्दर’, ‘राम बलराम’, ‘खुन पसिना’ जस्ता फिल्म अमिताभ बच्चन र रेखाको केमेस्ट्रीले बक्स अफिसमा हलचल बच्चाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप