बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

हनुमानपछि ‘महाकाली’को तयारीमा प्रशान्त

बिहीबार, २४ असोज २०८१, १२ : ४६
बिहीबार, २४ असोज २०८१

मुम्बई । निर्देशक प्रशान्त वर्माको फिल्म ‘हनुमान’ यो वर्ष दर्शकले निकै रुचाए । त्यसपछि उनले फिल्म ‘जय हनुमान’ घोषणा गरे ।

अहिले भने उनले ‘जय हनुमान’मा अगाडि महिला सुपरहिरो फिल्म निर्माण गर्ने भएका छन् । जसको नाम ‘महाकाली’ राखिएको छ । वर्माले नवरात्रिको अवसर पारेर फिल्म ‘महाकाली’को घोषणा गरेका हुन् । 

फिल्मको घोषणा सहित एक टिजर भिडियो सार्वजनिक गरेका छन् । जसमा भनिएको छ, ‘ब्रह्माण्डमा अर्को शक्तिशाली शक्ति जोडिँदै छ ’महाकाली’।’ महाकाली– देवी कालीको अवतार हो । जो दुष्टको सबैभन्दा भयङ्कर विनाशक हुन् । 

फिल्म साउथकी चर्चित निर्माता–निर्देशक पूजा कोल्लुरुले निर्देशन गर्नेछिन् । फिल्मलाई वर्माले आरकेडी स्टुडियोसँगको सहकार्यमा निर्माण गर्न लागेकी हुन् । फिल्मको घोषणा लगतै वर्मालाई बधाईको ओइरो आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप