चीनमा मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिम्पान्जी
बिहीबार, २४ असोज २०८१, १२ : ३६
एजेन्सी । चीनको एक चिम्पान्जीले मानिसजस्तै चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेको छ ।
चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकामा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरूको भीड लागेको छ ।
२३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरूलाई चकित पारेको यो पहिलो पटक भने होइन । यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रसले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरू कैद भएका थिए।
चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ ।(सीसीटीभी प्लस/एनएनबी)