नेपाली फुटबल प्रशिक्षक हुमाँगाईले प्राप्त गरे ’फिफा–प्रो’ लाइसेन्स

काठमाडौँ । फुटबल प्रशिक्षकमा प्रदीप हुमागाईँ विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरूले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।
प्रदीपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन । अमेरिकामा बसेर फुटबल प्रशिक्षणसंगै अध्ययनमा सक्रिय ४३ वर्षीय हुमागाईले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए ।
हुमागाईले सन २००९ बाट फुटबल प्रशिक्षकको रूपमा आफ्नो जीवन सुरुवात गरेका थिए । १५ वर्षको लामो अध्ययन विभिन्न क्लबहरूमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए ।
सन् २००३ मा काठमाडौँमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो ।
काठमाडौँ विश्वविद्यालयमा महिला प्रशिक्षकको रूपमा सुरुवात गरेका हुमागाईले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव सँगालेका छन् । नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त