बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

फूलपातीको अवसर पारेर ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक

बिहीबार, २४ असोज २०८१, ११ : ५५
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फूलपातीको अवसर पारेर पोस्टर गरेको हो ।

 बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ निर्माण गरेका थिए । 

पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म  ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्। आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्म हेरुन्जेल दर्शकलाई पूर्णमनोरनजन दिने निर्माता अधिकारी बताउँछन् ।

फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । फिल्मको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् । 

फिल्ममा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ । फिल्मलाई देशभर आर.आर फिल्म्सले वितरण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप