बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय
बैंक

दसैँ बिदामा कुन बैंकले कसरी दिँदैछन् सेवा ?

बिहीबार, २४ असोज २०८१, १० : ५८
बिहीबार, २४ असोज २०८१

काठमाडौँ । दसैँ बिदा आज (बिहीबार) देखि सुरु भएको छ । योसँगै आजदेखि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था लगायत औपचारिक क्षेत्रका संस्थाहरू बिदा भएका छन् । तर, अत्यावश्यक रहेका क्षेत्रले भने दसैँ बिदामा पनि सेवा सुचारु गर्दै आएका छन् । यसरी सेवा सुचारु गर्नेमा नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थादेखि बैंक तथा वित्तीय संस्था समेत रहेका छन् ।

खासगरी बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केही बैंकको भने यस्तो तालिका प्रकाशन गरेका छैनन् । शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्रै हुनेछ । केही बैंकले भने जम्मा गर्ने र निकाल्ने सीमा समेत तोकेका छन् ।

कुन बैंकले कसरी दिँदैछन् सेवा ?

  • नबिल बैंक

नबिल बैंकले देशभरका २९ शाखामार्फत दसैँ बिदामा आलोपालो सेवा दिँदैछ । त्यसमध्ये खुम्बु क्षेत्रको पर्यटकीय बजार नाम्चेमा सबै दिन, काठमाडौँको तीनधारास्थित केन्द्रीय कार्यालयको शाखा शनिबारबाहेक हरेक दिन तथा केही शाखा दुई दिन र बाँकी एक दिन खुलाउने गरी कार्यतालिका बनाएको छ । यो अवधिमा १० लाखसम्म जम्मा गर्न र २ लाखसम्म निकाल्न पाइने बैंकले जनाएको छ ।

nabil

  • कृषि विकास बैंक

कृषि विकास बैंकले शनिबार र आइतबार सम्पूर्ण शाखा बन्द गर्ने निर्णय गरेको छ । फूलपातीको दिन मुख्य कार्यालयसहित २८ शाखा, अष्टमी/नवमीको दिन २२ शाखा र द्वादशीको दिन ३२ शाखा सञ्चालन गरेर सेवा दिने कार्यतालिका बनाएको छ ।

adbl

  • ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले ३६ वटा, अष्टमी/नवमीको दिन २३ वटा, विजयादशमीको दिन ९ वटा, एकादशीको दिन १४ वटा र २० वटा शाखा सञ्चालन गरेर सेवा दिने उल्लेख गरेको छ । यी शाखाहरू अरू दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र विजयादशमीको दिन १ देखि ३ बजेसम्म खुल्नेछ ।

GBIME

  • हिमालयन बैंक

हिमालयन बैंकले फूलपातीको दिन १४ वटा, अष्टमी/नवमीको दिन ६ वटा, एकादशीको दिन दुईवटा र द्वादशीको दिन सातवटा शाखा खुला गर्ने जनाएको छ । विजयादशमीको दिन सबै शाखाहरू पूर्ण रूपमा बन्द हुनेछन् । यो दिन १० देखि २ बजेसम्म शाखा खुला हुनेछन् । काठमाडौँका हिटी दरबार ९ देखि १२ बजेसम्म, पाटन १२ देखि ३ बजेसम्म र न्यूरोड ३ बजेदेखि ६ बजेसम्म खुला हुनेछ ।

HBL

  • कुमारी बैंक

कुमारी बैंकले प्रत्येक प्रदेशमा दुई दिन र मधेसमा तीन दिन शाखा खुला गर्दैछ । कुल ३४ वटा शाखामार्फत यो अवधिमा सेवा सञ्चालन हुनेछ । बिदाको दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सेवा दिने उल्लेख गरिएको छ ।

KBL

  • लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले अरू प्रदेशमा आलोपालो गरी विजयादशमी बाहेक बाँकी चार दिनमा आलोपालो गरी बैंकिङ सेवा दिने जनाएको छ । सुदूरपश्चिम प्रदेशमा तीन दिनमात्रै शाखा हुल्नेछन् । शाखा खुल्ने दिनमा १० देखि २ बजेसम्म सेवा सञ्चालन हुने बैंकले जनाएको छ ।

laxmi

  • माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले देशभरका ३९ शाखामार्फत दसैँको समयमा भौतिक रूपमै सेवा दिँदैछ । फूलपातीका दिन १५ वटा, अष्टमीको दिन १० वटा, एकादशीको दिन ६ वटा र द्वादशीको दिन ८ वटा शाखामार्फत सेवा सञ्चालन हुनेछ । यो अवधिमा कुनै शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म र केही दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

MBL

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशभरका ४६ वटा शाखा खोलेर बिदाको समयमा सेवा दिँदैछ । विजयादशमीको दिन सम्पूर्ण शाखा बन्द गर्ने र बाँकी दिनमा एक वा दुई दिन शाखा सञ्चालन गर्ने बैंकको योजना छ । तालिका अनुसार सम्बन्धित दिनमा तीन घण्टा सेवा सञ्चालन हुनेछ ।

MIMB2

NIMB1

  • एनआईशी एसिया बैंक

एनआईशी एसिया बैंकले विजयादशमी बाहेक बाँकी चार दिनमा देशभरका १६ शाखा खुला गर्दैछ । त्यसमध्ये खिचापोखरी शाखा दिउँसो २ देखि ५ बजे र बाँकी बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

NICA

  • प्रभु बैंक

प्रभु बैंकले विजयादशमीको दिनबाहेक अरू दिनमा शाखा खोल्दैछ । काठमाडौँ उपत्यकामा चार र उपत्यका बाहिरका ८ शाखाहरू बिहान १० देखि १ बजेसम्म खुला गरेर सेवा दिने बैंकले जनाएको छ ।

PRVU

  • प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले ४९ शाखामार्फत पनि विजयादशमी बाहेक बिदामा अरू दिन आलोपालो सेवा दिँदैछ । सो दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शाखा खुला हुनेछ ।

PCBL

  • सानिमा बैंक

सानिमा बैंक विजया दशमीको दिन सम्पूर्ण शाखा, अष्टमी/नवमीको दिन केन्द्रीय कार्यालय बाहेकको शाखा बन्द गर्नेछ । बाँकी दिनमा भने आलोपालो गरेर शाखा खुला गर्ने जनाएको छ । यो क्रममा ७० भन्दा धेरै शाखा खुल्नेछन् । धेरैजसो शाखाहरू एक दिन र केही दुई दिन खुला हुने गरी आलोपालो मिलाइएको छ । शाखा खुला हुने दिन बिहान ११ देखि दिउँसो २ बजेसम्मको लागि समय तोकिएको छ ।

SANIMA

  • सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले विजया दशमीको दिन बाहेक अरू दिन आलोपालो गरी शाखा खुला गर्दैछ । शाखा खुला हुने दिन पनि ११ देखि २ र २ देखि ५ बजेसम्मको लागि फरक फरक समय निर्धारण गरिएको छ । यो क्रममा देशभरका २५ शाखा खुला हुनेछन् ।

SBL

  • स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि विजयादशमीको दिन बाहेक अरू सबै दिन सीमित शाखाबाट सेवा दिँदैछ । उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुनेछ ।

SCB

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप