काभा यू–२० च्याम्पियनसिप : कोलम्बोमा आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले बिहीबार आफ्नो चौथो खेल खेल्दैछ । नेपाली टोलीले चौथो खेल किर्गिस्तानसँग खेल्न लागेको हो ।
नेपाल र किर्गिस्तानबिचको खेल नेपाली समय अनुसार, साँझ १८ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा यसअघि तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको नतिजा निकालेको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।
यसैगरी, नेपाली टोली आफ्नो तेस्रो खेलमा भने उज्वेकिस्तानसँग १–३ सेटले पराजित भएको थियो । त्यसपछि नेपाली टोलीले आफ्नो तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।
उक्त खेलमा प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । नेपालले पहिलो सेटको नतिजालाई २५–५ अङ्कले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि नेपाली टोली २५–१२ अङ्कले अगाडि रह्यो । नेपालले तेस्रो सेटको नतिजालाई पनि २५–२० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो जितसँगै नेपाली टोलीले अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । त्यसैले नेपाली टोलीका लागि किर्गिस्तानविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । आफ्नो पाँचौँ खेलमा नेपाली टोलीले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेछ ।
लिग चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीहरूबिच तेस्रोदेखि छैटौँ वरीयतासम्मका लागि पनि खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेकेदारले समयमा काम गर्न नसकेपछि तोडियो फिर्के खोला पुल निर्माणको ठेक्का
-
बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’
-
तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
-
रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते